logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय राजदूत विनयमोहन क्वात्रा र सभामुख सापकोटाबीच शिष्टाचार भेट


अंकुरण खबर
2.379K
Shares

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

राजदूत क्वात्राले आज बिहान सभामुखको कार्यकक्ष सिंहदरबारमै पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरे।

नवनियुक्त नेपालको राजदुत भएरआएपछि भारतीय राजदुत क्वात्रा उच्चस्तरीय भेटमा व्यस्त रहेका छन् । उनले यस अघि उपप्रधानमन्त्री, अन्य मन्त्रीसहित उच्च राजनीतिक नेताहरुसँग भेटवार्ता गरेका थिए ।