logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आहा रारा गोल्डकप: पहिलो सेमिफाइनल पुलिस र थ्रीस्टारबीच हुने


अंकुरण खबर
741
Shares

पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको बुधबारदेखि सुरु हुने सेमिफाइनलमध्ये पहिलो खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच हुने भएको छ ।

यो खेल आज दिउँसो साढे दुई बजे पोखरा रंगशालामा हुनेछ । पाँच पटक उपाधि जितेको थ्रीस्टार अघिल्लो संस्करणको विजेता पनि हो ।

बुधबारको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्रीस्टार लगातार फाइनल पुग्ने लक्ष्यमा हुनेछ । आहा रारा गोल्डकपको सबैभन्दा बढी ६ पटक उपाधि जितेको पुलिस क्लबको भने यो पटक सेमिफाइनलमा थ्रीस्टारलाई हराउँदै उपाधि रक्षा गर्ने लक्ष्य रहनेछ  ।

यसअघि क्वार्टरफाइनलमा पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगेको हो । थ्रीस्टारले भने ग्याङटोक सिटी एफसी सिक्किमलाई पराजित गरी पुलिससँगको भेट पक्का गरेको थियो ।