logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा


अंकुरण खबर
819
Shares

विश्वरभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उच्चस्तरीय कार्ययोजनाको लागी संघीय सरकारले सातै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकका लागि आफूहरूलाई काठमाडौं बोलाएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठक आज मध्यान्ह १ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगती र नयाँ रणनीतिबारे छलफल हुनेछ ।

संघीय सरकारले अहिलेसम्म कसरी काम गरिरहेको छ भन्ने विवरण स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने कार्यक्रम छ ।

हाल सम्म कोरोनाका कारण ५ हजार ८३९ जनाको ज्यान गइसकेको छ । १५२ देशमा पुगेको कोरोनाको संकेत १ लाख ५६ हजार ७६६ जनामा देखिएको छ ।