भैरहवा, प्रदेश ५ मा रिक्त सांसदमा दाङका शंकर गिरी निर्वाचित भएका छन् ।
विपक्षी दलका नेता समेत रहेका नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोख्रेलको निधन भएपछि उक्त स्थान रिक्त रहँदै आएको थियो ।
प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो । रिक्त पदमा नेपाली कांग्रेसको सिफारिसमा गिरीलाई नियुक्त गरिएको हो। निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने छ। सभामुखबाट सपथ ग्रहण लिएपछि गिरीले प्रदेशसभामा औपचारिक रुमा प्रवेश गर्ने छन् ।