logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहिद स्मारक ‘बी’ डिभिजन लिग: खुमलटारको जितमा सविनको ह्याट्रिक


अंकुरण खबर
1.209K
Shares

साविन केसीको ह्याट्रिक सहयोगमा खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित निकालेको छ ।

सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको हो । खुमलटारका सविन केसीले ह्याट्रिक पुरा गर्दा श्री कुमारीका विसन लामाले सान्त्वना गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवौं मिनेटमा सविन केसीको गोलबाट खुमलटार खेलमा अघि बढेको थियो । १२औं मिनेटमा श्री कुमारीका विसन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । १५औं मिनेटमा सुविनले गोल गर्दै खुमलटारलाई पुनः २–१ को अग्रता दिलाए ।

४२औं मिनेटमा सविनले ह्याट्रिक पुरा गर्दा खुमलटारले पहिलो हाफमा ३-१ को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल निस्कन नसक्दा खुमलटार ३–१ ले विजयी हुन सफल भयो ।

जितसँगै खुमलटार दोस्रो स्थानमा उक्लिएको छ । खुमलटारको ५ खेलबाट १३ अंक पुगेको छ । शीर्षस्थानको सातदोबाटो युथ क्लबको समान ५ खेलबाटै १५ अंक छ । पराजित श्री कुमारी ५ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।