logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंका यी ठाउँमा चार दिन बिजुली जाने


अंकुरण खबर
1.456K
Shares

काठमाडौंका पाँच ठाउँमा चार दिन बिजुली जाने भएको छ।

फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तिडाडा र एयरपोर्ट पछाडिलगायतका क्षेत्रमा मंगलबार बुधबार, बिहीबार र शुक्रबार दिनभर बिजुली जाने भएको हो।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको स्तरोन्नती कार्य गर्नुपर्ने भएकोले ४, ५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उक्त फिडरअन्तर्गत बिजुली सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकलाई असर पर्ने भएको हो। उक्त कार्य निर्धारितसमय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने समेत प्राधिकरणले जनाएको छ।