logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश-२ को नामाकरणका लागि मतदान जारी


अंकुरण खबर
1.339K
Shares

प्रदेश २ को नामाकरण विषयमा प्रदेश सभामा गोप्य मतदान जारी छ। प्रमुख प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको ‘जानकी’ प्रदेश नाम राख्ने /नराख्ने विषयमा मतदान सुरु भएको हो।

पहिलो मत सभामुख सरोज कुमार यादवले खसाएका हुन्। यस्तै मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मंत्री विजय यादव, भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल सहितका मन्त्रीहरु मत हालिरहेका छन्।

अहिले सांसदहरु मत खसाउन लाइन लागेका छन्। जानकी प्रदेशको विषयमा मतदान सकेपछि कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’, सत्तारूढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको ‘मधेस’ र केही सांसदले प्रस्ताव गरेको ‘मध्य मधेस’ नामको पक्ष/विपक्षमा मतदान हुनेछ। यस्तै नामपछि राजधानीको विषयमा पनि आजै मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

राजधानी जनकपुरधामलाई तोक्नुपर्ने विषयमा राजनीतिक सहमति जुटे पनि बारा र पर्साका सांसदहरु वीरगञ्जको पक्षमा उभिएका छन्। १०७ सदस्यीय प्रदेश सभामा प्रस्ताव पारित गर्न ७२ मत अनिवार्य चाहिन्छ।

सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी कांग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ।