logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

फुटसल खेल्न प्रतिबन्ध


अंकुरण खबर
1.339K
Shares

सरकारले फुटसल खेल्न प्रतिबन्ध लगाएको छ । सरकारी निर्णयपछि नेपाल प्रहरीले फुटसल सञ्चालकहरुलाई हाल खेल नखेलाउन निर्देशन दिएको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको थियो।

यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ।