कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिदै प्रतिनिधि सभाको बैठक आगामी चैत १३ गतेसम्मका लागि स्थगित गरिएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा बिहीबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १३ गतेसम्मका लागि संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो। यसअघि प्रतिनिधि सभाको बैठक शुक्रबार ९भोलि० का लागि तोकिएको थियो।
बिहीबार अपरान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
राष्ट्रिय सभा बैठक भने शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ। सरकारले भने बुधबार नै एकै ठाउँमा २५ जना भन्दा बढी जम्मा नहुने सार्वजनिक अपील नै गरिसकेको छ।