उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले कोरोना भाइरसका कारण अत्यावश्यक बाहेक भेटघाट स्थगित गरेका छन्।
कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा तीव्रगतिमा फैलिरहेको र सचिवालयको भेटघाट कार्यक्रमहरुमा हुने भीडभाडले सेवाग्राहीहरुमा संक्रमण हुने खतरा भएको भन्दै मन्त्री पुनले भेटघाट स्थगित गरेका हुन् ।
मन्त्री पुनको सचिवालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि भेटघाट स्थगित गरेको जनाएको छ ।