logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा परिवारसँग रमाइलो गर्नुस् ,मानसिक समस्या आउँदैन


अंकुरण खबर
1.378K
Shares

अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा.रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउँछन् ।

तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनी भन्छन्, ‘पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ ।’ कतिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उहाँको भनाइ छ ।

यस्तो बानी ठीक नभएको उहाँको सुझाव छ । आफूले हालै गरेको उपचार सम्झँदै डा. शाक्यले भने, “२१ वर्षे एक युवकले आफूलाई पनि कोरोना लाग्छ भनेर घरभरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएको र परामर्शपछि घर लगे ।” कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले पनि मानसिक समस्या आउने गरेको उहाँको अनुभव छ ।

मङ्गलबारबाट घरबाहिर निस्कन नपाउने नियम लागू गरेसँगै यो सङ्क्रमण फैलिने डर कम भएको बताउँदै उनले भने, “मानसिक स्थितिलाई बलियो बनाउनुका साथै आफूले सुरक्षित हुने विधि अपनाए यो रोग लाग्ने सम्भावना न्यून हुन्छ ।” चिन्ताले रोगसँग लड्न सक्ने क्षमता कम गर्ने भएका कारण चिन्ता नलिन उनको सुझाव छ । कुनै पनि वस्तु छोएमा कोरोना सङ्क्रमण हुने होइन, सङ्क्रमित व्यक्तिका कारण मात्र यो रोग सर्ने उहाँको भनाइ छ । बारम्बार हात हुनु र सरसफाइमा ध्यानु दिनु यो रोगबाट बच्ने उपाय भएको चिकित्सकको सुझाव छ ।

कोरोनाविरुद्ध लड्ने मनोबल बढाउन जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेको सुझाव छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिँदै जाँदा यसको सङ्क्रमण नेपालमा पनि देखा परेको भन्दै अबउच्च मनोबलका साथ यसविरुद्ध लाग्नुपर्ने उहाँको सुझाव छ । विश्वभर फैलिएको यो रोगविरुद्ध सर्वसाधारणले आत्तिएर होइन, संयमित तवरले घरमै बसेर लडाइँ लड्न सक्ने उनले सुझाव दिए ।

‘सय जनामा कोरोना सङ्क्रमणका केस देखिएमा ८५ जनालाई सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ । बाँकी १५ प्रतिशतमध्ये १० प्रतिशतलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्दा निको हुन्छ । अनि पाँच प्रतिशतलाई आईसीयूमा राखेर वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ती एक सयजना सङ्क्रमितमा मृत्यु हुने दुई–तीन जना मात्र हुनेछन् भन्ने बुझ्दा आत्तिनु पर्दैन’ उनको भनाइ छ ।

डा। पाण्डेका अनुसार ६० वर्ष उमेर कटेका, औषधि खाइरहेका व्यक्तिलाई जोखिम हुन्छ भनेर भ्रम फैलाइएको छ, यो सत्य होइन । चीन लगायतका देशमा सय वर्ष उमेर पुगेका, दीर्घरोगी तथा एकदम जोखिमपूर्ण स्वास्थ्य भएकाले पनि निको भएर आरामको जीवनमा फर्केका छन् । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो । गोरखापत्र दैनिकबाट ।