logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

टी-ट्वान्टी वरीयतामा नेपाल यथावत


अंकुरण खबर
1.261K
Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहँदै १५ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १५ औं स्थानमै रहेको थियो ।

एसोसियट राष्ट्रमा स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

यसैगरी, नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ ।