logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट सुरक्षित भए पनि भोकमरी लाग्यो भने के हुन्छ सरकार : देउवा


अंकुरण खबर
767
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ज्यालादारीको भरमा बाँच्दै आएका र न्यून आए भएका परिवारलाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

देउवाले बिहीबार सामाजिक सञ्जालमार्फत कोरोनाबाट सुरक्षित भएर पनि कसैले भोकमरीको शिकार हुनु नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले ट्विट गर्दै भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यूनआय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’