कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन भइरहेका समयमा सुरक्षाकर्मीलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)को टोलीले आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
सोमबार नेविसंघले शंकरदेव क्याम्पसका नेता दीपक ओझाको नेतृत्वमा संकलित मास्क, ग्लोभ्सलगायतका स्वास्थ्य सचेतनासम्बन्धी सामग्रीहरु महानगरीय प्रहरी वृत्त मालीगाउँ, कमलपोखरीमा कार्यरत् प्रहरीहरुको उपयोगका निम्ति कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।
नेविसंघ केन्द्रीय समितिका महामन्त्री बलदेव तिमल्सिना, नेविसंघकी नेता एवं कांग्रेस महासमिति सदस्य निमा गिरी तथा युवा नेता श्याम तिम्सिनालगायतको टोलीले ती सामग्रीहरु हस्तान्तरण गरेको जनाइएको छ ।