logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण विश्व शेयर बजारमा ३३ वर्ष यताकै धेरै नोक्सानी


अंकुरण खबर
793
Shares

कोरोना संक्रमणका कारण विश्वभर शेयर बजारले ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी ब्यहोरको देखिएको छ ।

सन् २०२० को पहिलो तीन महिनामा विश्व शेयर बजारमा ठुलो गिरावट आएको हो । डाउ जोन्स र लण्डनको एफटिएसइ शेयर बजारमा सन् १९८७ यताकै सबैभन्दा धेरै नोक्सानी भएको छ । पहिलो त्रैमासिकमा यि बजारले क्रमशः २३ र २५ प्रतिशत नोक्सानी ब्यहोरेका छन् ।

एस एण्ड पी शेयर मार्केटले पनि बीस प्रतिशतको नोक्सानी ब्यहोरेको छ । यो सन् २००८ यताकै सबैभन्दा खराब अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन तथा सेल्फ आइसोलेसनका उपाय अपनाएपछि त्यसको असर शेयर बजारमा परेको हो । अर्थशास्त्रीहरुले विश्वको अर्थतन्त्रमा कोरोना संक्रमणको असर आर्थिक संकट भन्दा भयावह हुने चेतावनी दिएका छन् ।