राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा रहेका नेपाली समुदायबारे चासो राखेकी छन् ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई टेलिफोन गरी राष्ट्रपति भण्डारीले नेपाली समुदायमा कोरोना भाइरस (कोभिड–१९) को प्रभावबारे चासो राखेकी हुन् ।
राष्ट्रपतिले नेपाली समुदायको स्वास्थ्य अवस्थाबारे चासो राखेको दाहालले बताए । ‘महामहिम राष्ट्रपतिज्यूले मलाई फोन गरेर अष्ट्रेलियामा रहेका नेपालीबारे चासो राख्नुभयो’, दाहालले भने, ‘मैले यहाँको अवस्थाबारे अवगत गराएँ ।’ राष्ट्रपतिले आफूमार्फत अष्ट्रेयलियामा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको पनि दाहालले जानकारी दिए ।
उनले हालसम्म अष्ट्रेलियामा नौ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्ट भएको बताए । जसमध्ये चार जना स्वास्थ्य लाभ गरेर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकीको उचपार भइरहेको छ ।