logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य सामग्री खरिदमा संलग्‍नलाई कारबाही गर्न देउवाको आग्रह


अंकुरण खबर
936
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा संलग्‍नहरूलाई जिम्मेवारीबाट मुक्त गरी अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

सभापति देउवाले आज वक्तव्य जारी गरी यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरो अनुसन्धान गर्न र कारबाही प्रक्रिया अघि बढाउन जरुरी भएको बताएका हुन् ।

कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो दल सरकारका साथमा रहेको र हरसम्भव सघाइरहेको बताउँदै उनले धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालनाका साथ युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाए ।

उनले ‘काठमाडौंप्रेस डटकम’ मा प्रकाशित भनिएको खरिद प्रकरणको समाचार ‘साइबर’अतिक्रमणमा परेको भनी आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । रासस