logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारको प्रतिवद्धतालाई मिडिया र सामाजिक सञ्‍जालको प्रचारबाजीले कमजोर पार्न सक्दैन : प्रधानमन्त्री


अंकुरण खबर
832
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाएर निहीत स्वार्थ पूर्तिका लागि मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

आज देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले मिडिया र सामाजिक सञ्जालमा सरकारलाई असफल देखाएर निहीत स्वार्थ पूर्तिका लागि मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्‍नो पर्याप्त ध्यान गएको भन्दै उनले मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटमा एकजुट भएर लड्नुपर्ने समयमा स्वार्थ पूरा गर्न चलाइएको प्रचारबाजी बेमौसमी बाजाजस्तै भएको टिप्पणी गरे ।

उनले भने, ‘यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन। भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्दैन । अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिए निर्ममतापूर्वक कारबाही गर्न सरकार किञ्चित पछि पदैन।‘