logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट आएका क्वारेन्टाइनमा बस्न नमान्दा जोखिम बढ्यो : प्रधानमन्त्री


अंकुरण खबर
1.248K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्न नमान्दा कोरोनाभाइरस (कोभिड १९) को जोखिम बढाएको बताएका छन् ।

मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  विदेशबाट आएकाहरु नियमपूर्वक क्वारेन्टाइनमा बस्न नमान्दा कोरोनाको जोखिम बढाएको बताए ।

कोरोनाभाइरस संक्रमण हुन नदिने सरकारले काम गरिरहेकाले लकडाउनको पालना गरि दिन आग्रह उनले विदेशमा रहेका नेपाली उतै बस्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

कोरोनाभाइरस संक्रमण हुन नदिन सरकारलाई सबै क्षेत्रबाट सहयोग पाइरहेको बताएका प्रधानमन्त्री ओलीले सबैलाई पूर्णरुपमा सहयोग र साथ दिन आह्वान गरे ।

हालसम्म पाइरहेको साथ र सहयोगले कोरोनाभाइरस नियनत्रणमा सरकार सफल भइरहेको जानकारी दिँदै उनले कोही भोको बस्न नपरोस् भनेर सोही अनुसार काम भइरहेको बताए ।