logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा १ वर्षको पारिश्रमिक नलिने घोषणा


अंकुरण खबर
806
Shares

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रिय सभासदस्य नारायणकाजी श्रेष्ठले १ वर्षको तलब नलिने घोषणा गरेका छन् ।

श्रेष्ठले नयाँ वर्ष २०७७ सालको सुभारम्भसँगै कोरोना भाइरसको संकटका समयमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने उल्लेख गर्दै आफूले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमार्फत राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिक मध्ये २ महिनाको कोरोना कोष र बाँकी बिपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका छन् ।