राजपाले महामारीबाट जोगिन सिंगो देश एक ठाउँमा उभिनुपर्ने भएकाले लकडाउनका नियम जिम्मेवारीसाथ पालना गर्न अपिल गरेको छ।
वैशाख १५ गतेसम्म लकडाउन बढाउने सरकारी निर्णयको स्वागत गर्दै राजपाले यस्तो अपिल गरेको हो। राजपाले लकडाउन अझ व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
देशका विभिन्न ठाउँबाट पैदल यात्रा गरी हजारौंको संख्यामा सर्वसाधारण आआफ्नो जिल्लातर्फ गइरहेकाले यसतर्फ गम्भीर बन्न राजपाले सरकारलाई आग्रह गरेको छ।
देशका विभिन्न भभागमा फसेका नागरिकलाई खान बस्न समस्या भएकाले उनीहरुलाई तत्काल राहत दिलाउन, खुला सिमानामा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गर्न र संक्रमितको संख्या बढ्न थालेकाले समयमै स्वास्थ्य सामग्री उपलब्ध गराउन संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ।