काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंबाट गाउँ हिंडेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
देउवाले काठमाडौंबाट पैदल हिंडेर घर जान लागेकाहरुलाई निमुखाको संज्ञा दिँदै सरकार निमुखाको यात्राको दर्शक भएको आरोप लगाए ।
काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिंडेर घर गइरहेको भन्दै देउवाले आक्रोश पोखेका छन् ।
‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन्’, शुक्रबार ट्वीट गर्दै देउवाले भनेका छन् ।
लकडाउनका कारण काठमाडौंमा खाने कुरा सकिएपछि सर्वसाधारण रातदिन हिंडेर घर गइरहेका छन् ।