नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले अग्रमोर्चामा खटेका चिकत्सकलाई हतोत्साहित गर्नेमाथि कारवाही गर्न माग गरेका छन्।
प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका हुन्।
टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको विषयलाई लिएर पछिल्लो समय स्वास्थ्य मन्त्रालयको आलोचना बढेको बेला प्रवक्ता शर्माले पनि यस्तो माग गरेका हुन।
आजको `तेस्रो विश्वयुद्ध´ का कमाण्डर स्वास्थ्यकर्मीहरु हुन् l कमान्ड गर्नेले लड्छपनि, बोल्छपनि l कृषि बारे कृषी मन्त्रीले भन्दा कृषकले बढी जान्न सक्छन् l स्वास्थ बारेपनि सत्य यहि हो l
सम्माननिय @Pm_Nepal स्वास्थकर्मिलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा लिनोस्, जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 19, 2020