उर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुनको सिंहदरबार कार्यकक्षमा पूर्व माओवादी निकट मन्त्रीहरुको बैठक सकिएलगत्तै पूर्व माओवादी नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने प्रस्ताव गरेको र सो प्रस्ताव पारित भए लगत्तै पूर्व माओवादीका मन्त्रीहरु खुमलटार पुगेका हुन्।
कोभिड-१९ का कारण मुलुक लकडाउनमा परेको बेला अचानक बदलिएको राजनीतिपछि अध्यक्षसँग धारणा लिन उनीहरु खुमलटार पुगेका जनाइएको छ ।