logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यादेश फिर्ता लिन सरकारसँग राजपाको माग


अंकुरण खबर
689
Shares

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सोमबार मात्र सरकारले पास गरेको दुई अध्यादेशलाई खारेजीको माग गरेको छ ।

राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

उनले विश्व कोरोना महामारीमा थलिएको सन्दर्भमा सरकारले असामयिक र संवेदनहीन निर्णय गरेर राजनीतिलाई कलंकित गराएको आरोप लगाएका छन् । राजनीतिक दल विभाजन गर्ने ध्ययेका साथ अध्यादेश ल्याइएको दाबी भण्डारीको छ ।

संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेतालाई भूमिकाहीन बनाउने गरि ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै उनले खारेजीको माग गरेका छन् ।