काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) की केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमला रोका कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला रुकुम (पूर्व) प्रस्थान गरेकी छिन् ।
जिल्लामा कोरोना जाँचका लागि आवश्यक मेडिकल सामाग्रीको अभाव नहोस भनेर प्रतिनिधिसभा सदस्य रोका आज (बुधबार) बिहान स्वास्थ्य सामागी लिएर त्यसतर्फ लागेकी हुन् ।
विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला प्रतिनिधिसभा सदस्य रोकाले झण्डै ३ हजार ७ सय थान मास्क, १४ थान थर्मल गन, ४० थान पीपीई र दुई पेटी स्यानिटाइजर लिएर उनी रुकुम पूर्व गएको बताएकी छिन् ।
सरकारले पठाएको स्वास्थ्य सामाग्री पर्याप्त नभएको गुनासो आइरहेका बेला माननीय रोकाले विभिन्न स्थानमा पहल गरेर जिल्ला स्वास्थ्य कार्यलयालाई अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएकी हुन् ।
यसअघि पनि जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वमा आवश्यक सामाग्रीको अभावको बेला र जनगुनासो पनि भइरहेको बेला माननीय रोकको पहलमा सर्जीकल मास्क, पञ्जा, पीपीई सेट, थर्मल गन लगाएतका सामाग्री पठाइएको थियो ।