काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले लकडाउनका कारण उपत्यकामा अलपत्र परेका झण्डै ४ सय रुकुमेली जनताहरुलाई उद्धार गरेर घर पठाएका छन् ।
सरकारको समन्वयनमा पूर्व मन्त्री पुनले बुधबार साँझ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अलपत्र परेका रुकुमेली जनताहरुलाई सात वटा गाडीमा (गृह जिल्ला रुकुम ) घर पठाएका हुन् ।
कोरोना भाइरसले विश्वलाई नै प्रभाव पारेको बेला नेपालमा पनि कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि लकडाउनका गरिएको छ ।
सरकारले जारी राखेको लामो लकडाउनका कारण काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका विभिन्न ठाउँबाट दैनिकी चलाउन मुस्किल परेकाहरुलाई सरकारको नीति, निर्देशनमा करिब चार सय जनालाई गन्तव्यमा पुर्याउन पहल गरेको मन्त्री पुनले बताए।
रुकुमेली जनताहरुले घर पठाइदिन आग्रह गरेपछि उनीहरुको उद्धार गरेको र घर गएपछि सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको पुनको भनाई छ । उक्त उद्धार कार्यमा मरिचमान पुन, प्रतापसिंह बुढा मगर, पुणिराज घर्तीलगायत खटिएका थिए ।
लकडाउनले अलपत्र परेकाहरुलाई बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी उद्धार गरिएकामा रुकुम पश्चिम र रुकुम पूर्वका छन्। उनीहरुलाई स्थानीय निकायसँग समन्वयन गरेर विभिन्न गाउँ पालिकाका सेल्फ क्वारेन्टाइनमा राख्ने गरि घर पठाएको पुनले जानकारी दिए ।