नवगठित जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको षड्यन्त्र असफल पारिएको बताएका छन् ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग यादवले ओलीको सपना पुरा नभएको बताए । यादवले ओलीले देखेको सपना असफल पारिएको भन्दै खुसी व्यक्त गरे । ‘ओलीजीले धेरै सपना देख्नुभयो, ‘यादवले भने, ‘उहाँको षड्यन्त्र असफल भएको छ ।’
अध्यक्ष यादवले संघीय लोकतानित्रक गणतन्त् रक्षाका लागि समाजवादी र राजपा एकीकरण गरिएको स्पष्ट गरे ।
अर्का नेता राजेन्द्र श्रेष्ठले मुलुक महामारीले आक्रान्त भएर लकडाउनमा रहेका बेला पार्टी फुटाउने अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले राजनीतिमा अपराधीकरण र भ्रष्टीकरण निम्त्याएको आरोप लगाए ।
दुई दलबीच गएराति पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको थियो ।