logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

काठमाडौं उपत्यका कोरोनाका बिरामीमुक्त : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.599K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौ उपत्यका अहिलेलाई कोरोना बिरामीमुक्त भएकोमा सन्तोष लागेको बताएका छन् ।

ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा उपचार गराइरहेकी ८१ वर्षीया महिला बिहीबार निको भएर घर गएसँगै उपत्यकामा कोरोनाका कोही पनि बिरामी नभएको भन्दै उनले ट्वीट गरेर यस्तो बताएका हुन् ।

बिहीबार काठमाडौको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै उपत्यकामा अहिले कोरोनाका बिरामी छैनन् ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ