पत्रपत्रिका

यसरी सहज बनाउन सकिन्छ लकडाउन

सरकारले लकडाउनलाई खुकुलो बनाउनुपर्ने आवाज नागरिक स्ततरबाट उठ्न थालेको छ ।

लकडाउनलाई एक महिनासम्म पूर्ण समर्थन गरेका नागरिकले लामो अवधिका कारण निसासिएको अनुभूति गर्दै यसलाई केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन् ।

सरुवा रोगसम्बन्धी अनुसन्धान गर्दै आइरहेका चिकित्सक डा.रमेश आचार्यले विभिन्न उपाय अपनाएर लकडाउन केही खुकुलो बनाउन सकिने सुझाव सरकारलाई दिएका छन् ।

डा. आचार्यका अनुसार कोरोना संक्रमण देखिएका देशभरीका प्रभावित तथा अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन भागमा विभाजन गरेर सोही अनुसार लकडाउनलाई व्यवस्थित गर्न सकिन्छ । राजधानी दैनिक

Comment here