logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिल्लाका सबै स्थानीय तहमा सांसद कमला रोकाद्धारा स्वास्थ्य सामाग्री वितरण


अंकुरण खबर
1.157K
Shares

प्रतिनीधिसभा सदस्य कमला रोकादवा्रा रुकुम पूर्वका ३ वटै स्थानीय तह र जिल्ला अस्पताल लगायतलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

शुक्रबार माननीय रोकाको पहलमा जिल्लामा पुगेको स्वास्थ्य सामाग्रीहरु जिल्लाका स्थानीय तह, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालयलाई वितरण गरिएको हो ।

पुथाउत्तरगंगा गाउँपालिका, भुमे र सिस्ने गाउँपालिकालाई मास्क, थर्मल गन, पीपीई र सेनिटाइजर वितरण गरिएको हो  । सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि बिरामीको उपचारमा खटिन स्वास्थ्यकर्मीलाई सहज हुने माननीय रोकाले बताइन् ।

विवरण सहित

विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला जिल्लामा बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर बिरामीको चेकजाँच गर्न समेत रोकाले आग्रह गरेकी छिन् ।