logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना रोकथाम : चिकित्सकहरूसँग कांग्रेसको परामर्श


अंकुरण खबर
1.586K
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका बारेमा चिकित्सकहरूसँग छलफल गरिरहेको छ ।

कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा चिकित्सकहरूलाई डाकेर कोरोना भाइरसको संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सावधानीलगायतका विषयमा छलफल गरिरहेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका पदाधिकारी र स्वास्थ्य क्षेत्रका विज्ञहरूबीच छलफल चलिरहेको जानकारी दिए ।

उनका अनुसार कांग्रेसले बैठकमा विगतका सरकारका पालमा पार्टीका तर्फबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरूलाई पनि छलफलका लागि बोलाएको छ ।

कांग्रेसका तर्फबाट विगतमा स्वास्थ्यमन्त्रीको जिम्मेबारी सम्हालिसकेका केन्द्रीय सदस्य त्रय अर्जुन नरसिंह केसी, उमाकान्त चौधरी र गगनकुमार थापालाई छलफलका लागि पदाधिकारी बैठकमा बोलाइएको प्रवक्ता शर्माले जानकारी दिए ।