logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिफा फुटसलको नयाँ वरीयता : नेपाल एक सय ६३ औं स्थानमा


अंकुरण खबर
1.898K
Shares

फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरीयतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ ।

फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको अन्तराष्ट्रिय प्रदर्शन पनि राम्रो रहेको छैन । यस्तैमा नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो ।

सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशिप खेलेको थियो ।

नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–०, उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो ।  तर सबै खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । फुटसलको विश्व वरीयतामा ब्राजिल शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा स्पेन छ ।