logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सांसद अपहरण जाहेरी दर्ता आज हुनसक्ने सम्भावना


अंकुरण खबर
806
Shares

समाजवादी पार्टीका सांसद् तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा मुछिएका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी प्रमुख सवेन्द्र खनालविरुद्धको जाहेरी आज प्रहरीमा दर्ता हुने सम्भावना बढेको छ ।

प्रहरी हेडक्वार्टरले जाहेरी दर्ता गर्ने अभिव्यक्ति दिन थालेपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर नवगठित दल जनता समाजवादी पार्टीका नेताहरु फेरि छलफलमा जुटेका छन् ।

उनीहरु आजै फेरि प्रहरी कार्यालय गएर जाहेरी दिने तयारी गरेको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

उता, प्रहरी हेडक्वार्टरले प्रहरी कार्यालयलाई यो जाहेरी दर्ता गर्न निर्देशन दिएको छ । जाहेरी आएपछि अनुसन्धान पछि थप कुरा अगाडि बढ्ने र जाहेरी दर्ता नगरे त्यसको कानुनी बाटो खुला रहने उनीहरुले अभिव्यक्ति दिएका छन् ।

यसअघि आइतबार प्रहरी परिसर टेकुले जनता समाजवादी पार्टीका नेताहरुसहित प्रहरी कार्यालय पुगेका डा। यादवको किटानी जाहेरी लिन मानेको थिएन ।