logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छोराको विवाह खर्च जोगाएर नेता सिटौलाले दिए राहत कोषलाई पाँच लाख रुपैयाँ


अंकुरण खबर
871
Shares

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो छोराको विवाह खर्च जोगाएर राहत कोषलाई पाँच लाख रुपैयाँ दिएका छन् ।

नेता सिटौलाले आफ्नो छोरा श्याम बाबु सिटौलाको विवाह खर्च आफ्नो निर्वाचन क्षेत्रका गाउँपालिका तथा नगरपालिकामार्फत लकडाउनका कारण खाना खान समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने गरी पाँच लाख रुपैयाँ प्रदान गरेका हुन् ।

नेता सिटौलाले उपलब्ध गराएको १ लाख रुपैयाँ हल्दिवारी गाउँपालिकालाई सोमबार कांग्रेस प्रदेश ३ ख का सभापति नवीन बिमली तथा कांग्रेस जिल्ला सल्लाहकार भुपाल बस्नेतले सयुक्त रूपमा हस्तान्तरण गरेका हुन ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन तथा उपाध्यक्ष डम्बरबहादुर गिरीलाई उक्त १ लाख नगद हस्तान्तरण गरिएको सभापति बिमलीले जानकारी दिए ।