logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसपछिको अर्थतन्त्रका विषयमा कांग्रेसले आज छलफल गर्दै


अंकुरण खबर
1.443K
Shares

कोरोना भाइरसपछिको अर्थतन्त्रका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज अर्थविद्सँग छलफल गर्दैछ ।

पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो दुई बजेपछि कांग्रेसले छलफल आयोजना गरेको हो ।

सो क्रममा कोरोना संकटपछिका अथतन्त्रको बाटो र वर्तमान सरकारको लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकमा पूर्व अर्थमन्त्रीहरु समेत सहभागी हुनेछन् । बैठकका लागि योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा, डा. स्वर्णीम वाग्ले, डा. गोविन्द पोखरेल, जगदिशचन्द्र पोखरेल लगायतलाई बोलाइएको छ ।