logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमण नरोकिए अर्को वर्ष पनि ओलम्पिक नहुने


अंकुरण खबर
1.105K
Shares

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षका लागि सरेको थियो । तर कोरोना भाइरस हालसम्म सामान्य अवस्थामा आउन सकेको छैन ।

जापानको खेलकुद अध्यक्ष ओसिरो मोरीले कोरोना भाइरसको अवस्था सामान्य नभएसम्म अर्को वर्ष हुने भनिएको ओलम्पिक एक वर्ष सर्न सक्ने बताएका छन् ।

जापानको निकान स्पोर्टस डेलीसँग कुरा गर्दै उनले यदि कोरोना भाइरसले सामान्य अवस्था नभएसम्म २०२१ मा हुने भनिएको ओलम्पिक सर्ने बताएका हुन् ।

जापान मेडिकल एसोसियसनले पनि यो २०२१ मा हुने ओलम्पिक सामान्य अवस्था नभएसम्म नहुने बताएको छ । बीबीसी