logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना रोकथाम : सांसद रोकाद्वारा सिस्ने गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


अंकुरण खबर
1.365K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमला रोकाद्वारा रुकुम पूर्वको दुर्गम ठाउँ सिस्ने गाउँपालिका-२ प्वाङ नायगाडमा समसामयिक विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला रुकुम (पूर्व) पुगेकी सांसद रोकाले यो विषम परिस्थितिमा कारोना भाइरसको संक्रमण र सुरक्षाबारे सरोकारवाला पक्ष, जनतासगँ भेटघाट तथा छलफल गरेकी हुन् ।

विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला सरकारले गरेको लकडाउनको पालना गर्नुपर्ने उनको जोड थियो । कार्यक्रममा सांसद रोकाले कोरोना भाइरसबाट बच्न र सजकता अपनाउन सबैलाई आग्रह गरेकी छिन् ।

उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका उपाय, सरकारले गरेको निर्णय कार्यान्वयन, नागरिकहरुको जनजिवनको अबस्था, विकास निर्माणको अबस्था, स्वास्थ सामाग्रीको अबस्था लगाएतका समसामयिक बिषयमा छलफलमा गरेको बताइन् ।

उक्त छलफल कार्यक्रममा माननीय कमला रोका सहित जिसस उप प्रमुख, सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल, नेकपा प्रदेश कमिटी सदस्यहरु कृष्ण रेग्मी, टोप बहादुर वली लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो।