नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ुग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सनु विभुषणले सम्मान गर्ने निर्णय गरेको छ ।
नेपालस्थित जापानी दुतावासका अनुसार जापान सरकारले बिहीवार वरिष्ठ नेता पौडेललाई सो विभुषण प्रदान गर्ने निर्णय गरेको हो । पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उक्त सम्मान दिइएको बताइएको छ।
पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा नेपाल-जापान संसदीय मैत्री संघ स्थापना गरेका थिए।