logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा तत्काल लकडाउन खुकुलो नहुने


अंकुरण खबर
1.092K
Shares

सरकारले विभिन्न ठाँउको अवस्था हेरी लकडाउनबारे नयाँ मोडालिटि अपनाउँने भएको छ।

सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समितिको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको हो । अवस्था हेरेर अन्य ठाँउमा लकडाउन खुकुलो पार्नेबारे छलफल भएपनि काठमाडौंमा तत्काल खुकुलो नगर्न समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको बताइएको छ।

समितिले कम जोखिम रहेका जिल्लाहरुमा लकडाउन खुकुलो पार्न सरकार समक्ष प्रस्ताव गरेको छ। समितिको सिफारिसबारे मंगलबार (भोलि) को क्याबिनेट बैठकले लकडाउन थप्नेबारे अन्तिम निर्णय गर्ने छ।

सरकारले पछिल्लो समय बढाएको लकडाउनको समयावधी बैसाख २५ गते सकिँदैछ।