logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेकपाका केन्द्रीय नेता अस्पतालबाटै पक्राउ


अंकुरण खबर
1.105K
Shares

नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ ।

शर्मालाई प्रहरीले चितवन रत्ननगरको पुरानो मेडिकल कलेजबाट नियन्त्रणमा लिएको हो । उनी विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् ।

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरी अस्पतालमै पुगेको थियो ।

अस्पतालको आकस्मिक कक्षमा उपचाररत शर्मालाई प्रहरीले नियन्त्रणमा लिए पनि अस्पतालमै राखिएको जनाइएको छ ।