logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थायी समितिका अजेन्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै


अंकुरण खबर
1.131K
Shares

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्नका लागि सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

भोली बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डा तय गर्नका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुुटावारमा हुने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु रिजालले एजेण्डा सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसुचि छ ।

यसअघि नै दुई नेतालाई त्यस सम्बन्धि तयारी गर्ने जिम्मेवारी दिइएको छ । बैठकमा एजेण्डका विषयमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष दाहालबीच भने सहमति जुटन नसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले कतिपय जिम्मेवारी हेरफेरलगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेन्डा बनाउन नसकिने, त्यसका लागि थप छलफल र अनौपचारिक गृहकार्य गर्नुपर्ने अडान राखेका छन् । त्यसमा दाहाल सहमत छैनन् । सहमति जुट्न नसकेपछि दुबै नेताले आफु निकट स्थायी कमिटी सदस्यसँग परामर्श समेत गरेका छन् ।

असन्तुष्ट स्थायी कमिटी सदस्यहरुले यसअघि आफुले लेखेको पत्रमा खुलेर छलफल हुने अडान दोहोर्‍याएका छन् । नेकपामा पछिल्लो समय एक व्यक्ति एक पदको मुद्दा अघि सारिएको छ । वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष दाहाल निकट स्थायी कमिटी सदस्य बैठकमा एक ढिक्का भएर प्रस्तुत हुने तयारीमा छन् ।