नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ ।
केन्द्रीय समितिको बैशाख १७ को बैठकले कोभिड–१९ ले पारेको असरबारे अध्ययन, विश्लेषण एवं दृष्टिकोण बनाउने समिति बनाउने निर्णय गरेको थियो।
अर्थमन्त्री, अर्थ राज्यमन्त्री, राष्ट्रिय योजना आयोगलगायतको नेतृत्व गरिसकेकाहरू समितिमा छन्। समितिको संयोजक डा। रामशरण महत तोकिएका छन्।
महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय सदस्य छन्।
त्यसैगरी भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा.जगदीशचन्द्र पोख्रेल, डा. गोविन्दराज पोखरेल र डा. स्वर्णिम वाग्ले सदस्य छन्।
समितिले राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ।
