सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।
बुधबार दिउसो ३ बजेबाट सुरु भएको बैठकमा ४ बजेसम्म सहभागी भएका प्रधानमन्त्री ओली एक्कासी किन बाहिरिए भन्ने कुरा चासोका साथ हेरिएको छ । सचिवालय बैठकमा पार्टीभित्रको विवादबीच चर्काचर्की भएपछि ओली बाहिरिएको बुझिएको छ ।
पार्टीभित्रको विवाद समाधानका लागि भोलि बस्ने स्थायी समितिको बैठकको अजेण्डा तय गर्न अहिले बालुवाटारमा सचिवालय बैठक जारी छ ।
नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ ।