logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले स्थायी समिति बैठक छाडेर हिंडेको विषयमा प्रचण्डले दिए प्रतिक्रिया


अंकुरण खबर
1.768K
Shares

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली बुधबारको पार्टी सचिवालय बैठक बीचैमा छाडेर हिंडेको विषयमा प्रतिक्रिया दिएका छन् ।

प्रचण्डले ओली र आफूबीच सम्बन्धमा देखिएको दरार कम हुँदै गएको संकेत पनि गरे । बिहीबार संसद भवनमा कोरोना परीक्षणका लागि नमुना दिएपछि सञ्चारकर्मीसँग उनले ओलीसँग छलफल भइरहेको बताए ।

गृहकार्यका लागि पर्याप्त समय नपुगेकाले आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको दाबी उनले गरे ।

प्रचण्डले एक दुई दिनभित्रै स्थायी समिति बैठकको अर्को मिति तय हुने पनि जानकारी दिए ।