नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले बेलैमा लकडाउन लगाएकाले कोरोना सङ्क्रमण फैलन नपाएको बताएका छन् ।
संसद्को छैटौं अधिवेशन सुरु भएको सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा बोल्दै उपनेता नेम्वाङले नेपालका सन्दर्भमा लकडाउन कामयावी भएको बताएका हुन् ।
कोरोना अन्य देशमा भयावह देखिए पनि नेपालमा धेरै फैलन नपाएको उनले जनाए । सरकारले समयमै लकडाउन लगाएकाले फैलन पाएन । लकडाउनको विकल्प पनि थिएन,” नेम्वाङले भने, “आजसम्म १ सय १ जना सङ्क्रमित फेला परेका छन् । ३० जना निको भइसकेका छन् ।”
सबै सङ्क्रमितहरूमध्ये अवस्था सामन्य छ एकजनालाई पनि भेन्टिलेटरमा, आइसीयूमा राख्नु नपरेका पनि उनले बताए ।