logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महामारी रोकथामबारे सरकारको तयारी पर्याप्त भएन : भट्टराई


अंकुरण खबर
2.158K
Shares

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले महामारी रोकथामबारे सरकारको तयारी पर्याप्त नभएको बताएकाa छन् ।

बिहीबारबाट शुरु भएको अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले बन्दाबन्दी गर्ने बाहेक अन्य प्रयास प्रयाप्त हुन नसकेको बताए ।

“सरकारले बोल्दा त ठीकठाक भइरहेको छ भनिएला, तर रोकथामको अवस्था ठीकठाक छैन”, उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउनुपर्ने बताए ।

विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो र अनागरिक बनाइएको जस्तो  बताए । महामारी रोकथामबारे सरकार ढुक्क भएर बस्ने अवस्था नरहेको उनले बताए ।

भट्टराईले किसान तथा मजदुरको अवस्था दयनीय भएकाले उनीहरुलाई विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरे । उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिन सुझाव दिए । “लकडाउन खुलेको भोलिपल्टै विद्यालय खुल्छ भनिएको छ । यसले विद्यार्थीहरुलाई आतंकित बनाएको छ”, भट्टराईले भने ।

महामारीकै अवस्थामा सरकारले अनिष्ट खोजेको उनले बताए ।