logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिपुलेकमा नेपाली सेना पठाउन सांसदहरुको माग


अंकुरण खबर
3.341K
Shares

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको लिपुलेकमा नेपाली सेना पठाउनुपर्ने आवाज उठाएको छ।

समितिको सोमबार बिहान बसेको बैठकमा सांसद प्रेमप्रसाल तुलाचनले आफ्नो सीमा सुरक्षाका लागि नेपालले तत्काल सेना पठाउनुपर्ने माग गरेका हुन् ।

उनले विगतका सरकारहरुले गरेका गल्तीबारे पनि जनतालाई जानकारी दिनुपर्ने र अहिलेको सरकारले तत्काल सीमा रक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।