logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म त भाग्यमानी : प्रधानमन्त्रीलाई गगनको कवितामार्फत व्यंग्य


अंकुरण खबर
1.768K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कवितामार्फत आलोचना गरेका छन् ।

भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।

थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गरेका छन् ।

गगन थापाको कविताः

म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सीमा कसले मिच्ने
कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

सयौँं कोस हिँड्दा पनि श्रमिक छैनन आहात
गरिबलाई सम्मान छ गरिबलाई राहात
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक साना व्यापारीको सारै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नी
हावादारी हल्ला हुन ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नी दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा
दिन नविराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।
आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी
ओहो हामी नेपाली त सारै भाग्यमानी
आ हो साह्रै भाग्यमानी म त भाग्यमानी ।।