logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कालापानी, लिपुलेक नेपालको होइन् भनेर मैले कहिँ कतै भनेको छैन : मन्त्री अर्याल


अंकुरण खबर
1.066K
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर आफूले कहिं कतै नबोलेको प्रष्टीकरण दिएकी छन् ।

उनले आफुले त्यस क्षेत्र नेपालको हो भन्ने सबुत प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएको बताए। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भने ‘मैले कहिल्यै पनि कहिं पनि लिम्पियाधुरा, कालापानी लिपुलेक नेपालको भूभाग होइन भनेको छैन्।

यो मन्त्रालयमा आइसकेपछि बरु हामी सित नभएका प्रमाणहरु कहाँ प्राप्त गर्न सकिन्छ त्यसको खोजि निति गर्ने प्रमाणहरु संकलन गर्ने र यथेस्ट प्रमाणहरु जुटाउने कुरामा मैले महत्वपूर्ण भूमिका खेलेको छु।’

मन्त्री आर्यालले २०३२ सालमा प्रकाशित गरिएको नेपालको नक्सा प्रचलनमा आएको र उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक नरहेको तितो यथार्थ भएको कुरा भएको बताइन् ।

‘जहाँसम्म नक्साको कुरा हो, ३२ सालको अहिले प्रचलनमा आएको नक्सा छ। मैले नचाहेर पनि तितो सत्य यो दुनियाको अगाडि छर्लङ्ग भएको विषय हो।’ राष्ट्रियताको सवालमा मर्न र मार्नका निम्ति तयार रहेको भन्दै कहिं कतै खुट्टा कमाउँछन कि भन्ने आशंका नगर्न समेत मन्त्री आर्यालले आग्रह गरे।